महोत्तरी, १९ फागुन । नेपाली काँग्रेस महोत्तरीको नेतृत्व चयनका लागि शुक्रबार हुन लागेको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ ।
जिल्ला सभापतिको लागि तीन जना मैदानमा उत्रिएका छन् । नेता रामचन्द्र पौडेल पक्षधर प्यानलबाट बजरङ्ग नेपाली र सभापति शेरबहादुर देउवा पक्षधर प्यानलबाट नागेश्वर यादव र सुशील यादवले उम्मेदवारी दिएका छन् ।
पौडेल पक्षकै केहि नेताले देउवा प्यानलका उम्मेदवार नागेश्वर यादवलाई समर्थन गरिरहेको स्थानीय कार्यकर्ताको भनाइ छ ।
पौडेल समूहका भनेर चिनिने रामचन्द्र तिवारी र किरण यादवले देउवा समूहका उम्मेदवारलाई समर्थन गरेपछि पौडेल प्यानलबाट उम्मेदवारी दिएका बजरङ्ग नेपाली अल्पमतमा पर्ने निश्चित रहेको उनीहरूको दावी छ ।
तर, आफ्नै प्यानलका उम्मेदवारलाई रामचन्द्र र किरणले किन असहयोग गरिरहेका छन् भन्ने बिषय नेता कार्यकर्ताबीच चर्चामा छ । पौडेल समूहकै छलफलबाट उम्मेदवार बनेका नेपालीलाई अन्तिम समयमा आएर धोका हुन लागेको पौडेल समुहको निष्कर्ष छ ।
तपाईको प्रतिक्रिया