काठमाडौं, २२ फागुन । जनता समाजवादी पार्टी नेपालको संघीय परिषद् र केन्द्रीय समिति बैठक बस्न लागेको छ ।
जसपा नेपालको संघीय परिषद् बैठक आगामी शनिबार २८ गते शनिबार र केन्द्रीय समितिको बैठक २९ र ३० गते संघीय राजधानी काठमाडौंस्थित कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेशमा बस्ने कार्यालय प्रमुख प्रकाश अधिकारीले जनाएका छन् ।
संघीय परिषद् र केन्द्रीय समिति बैठकमा स्थानीय तहको निर्वाचन, पार्टीको विधान अधिवेशन र समसायिक विषयवस्तुमा छलफल हुने जनाइएको छ ।
सो बैठकमा प्रदेश तथा जिल्ला समितिका अध्यक्षहरु, सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि आह्वान गरिएको छ ।
तपाईको प्रतिक्रिया