वर्तमान सरकार निकम्मा : एमाले उपाध्यक्ष ज्ञवाली

राजनीति

रौतहट, २६ फागुन । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान गठबन्धन सरकार निकम्मा सरकार भएको बताएका छन् । रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले यस्तो बताएका हुन् ।

अर्थतन्त्र डामाडोलदेखि देशका हितविपरीत काम बाहेक अरू केही गर्न नसकेको उपाध्यक्ष ज्ञवालीले आरोप लगाए । अर्को प्रसंगमा उपाध्यक्ष ज्ञवालीले माधव नेपालले एमाले पार्टी छाड्ने कुरा आफूले सोच्नै नसकेको बताए ।

१५ वर्ष एमाले पार्टी हाँकेका नेता नेपालले पार्टी छोड्लान् भन्ने कुनै कल्पना समेत नगरेको उनको धारणा थियो । पार्टी फुटाएर कुनै हित नहुने हुँदा अब व्यक्तिको पछि हैन नीति र सिद्धान्तको पछि लाग्न आम कार्यकर्तालाई उनले आग्रह गरे ।

अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै नेता ज्ञवालीले भने, ‘एमसिसीमा अब विवाद गरेर केही काम नभएको र एमसिसीमा आएको पैसालाई सदुपयोग गर्नु नै मुख्य काम हो ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ