‘वीन–वीन’ सिद्धान्तका आधारमा चुनावी तालमेल हुन्छ : माधव नेपाल

राजनीति

जनकपुरधाम, १० चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनभित्र ‘वीन–वीन’को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताएका छन् ।

जनकपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘गठबन्धनमा रहेका दलबीच वीन–वीनको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने गरी छलफल भइरहेको छ ।’

अध्यक्ष नेपालले गठबन्धनमा सहभागी सबै दलको उचित मर्यादा, सम्मान र स्थान दिएर तालमेल गर्ने विषयमा आफूहरु इमान्दार रहेको भन्दै गठबन्धनभित्र विचारमा विविधता देखिए पनि स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा कुनै विवाद नरहेको बताए । गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा छलफल जारी रहेको उनले जानकारी दिए ।

‘गठबन्धनको अवस्था के हुन्छ भन्ने चिन्ता गर्ने पार्टी हाम्रो होइन,’ अध्यक्ष नेपालले भने, ‘हरेक पार्टी आ–आफ्नो शक्ति र सामथ्र्यका आधारमा चुनाव लड्न तयार छ, हुनु पनि पर्छ ।’ अध्यक्ष नेपालले आवश्यकता प¥यो भन्ने ‘वीन वीन’का आधारमा सबै दलको उचित मर्यादा, सम्मान र स्थान दिएर तालमेल गरेर जान तयार रहेको बताए ।

अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकारले नै तीनै तहको निर्वाचन सम्पन्न गर्ने उल्लेख गर्दै सरकारका केही मन्त्री फेरिए पनि गठबन्धन सरकारमा कुनै खासै परिवर्तन नहुने बताए ।

आफ्नो पार्टीप्रति जनताको दिनदिनै आकर्षण बढ्दै गएकाले आगामी स्थानीय तहको निर्वाचनमा धेरै स्थानमा जित्ने बताउँदै उनले नेता–कार्यकर्तामा देखिएको उत्साहले पार्टीको भविष्य उज्जवल रहेको उल्लेख गरे ।

निर्वाचनमा नेकपा एमालेसँग पनि तालमेल हुनसक्छ कि? भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘एमालेसँग कुनै प्रकारको तालमेल गर्ने सम्भावना छैन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ