कपिलवस्तु, १२ चैत । नेपाली कांग्रेस बुद्धभूमि नगर समितिले १ सय ९० जनालाई सम्मान गरेको छ । शनिबार आयोजित प्रथम नगरसभा तथा सम्मान कार्यक्रममा सम्मान गरेको हो ।
विगत लामो समयदेखि पार्टीमा क्रियाशील तथा समाजेवीहरुलाई दोसाल्ला प्रमाणपत्र र पौष्टिक खानेकुरा सहित सम्मान गरिएको छ ।
सो अवसरमा बोल्दै कांग्र्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले कांग्र्रेसले जेष्ठ नागरिक तथा समाजमा योगदान पुर्याएकहरुलाई सहयोग गर्ने जस्ता काम गर्दै आएकोमा यसलाई हरेक पालिकामा लैजाने बताए ।
साथै लोकतन्त्रलाई मजवुद बनाउन र सबै क्षेत्रको विकास र देशमा राजनैतिक निकास दिने पार्टी काग्रेंस मात्र भएकोले आगामी निर्वाचनमा समेत कांग्रेसको विजय हुने बताए ।
सो अवसरमा प्रदेश सहमहामन्त्री निमा गिरी, प्रदेश सदस्य रामबहादुर कार्की, कपिलवदेव तिवारी, रोमलाल खनाल ,जिल्ला सभापति अब्दुल कलाम, क्षेत्र नं. २ का सभापति केशव कुमार श्रेष्ठ महिला संघ अध्यक्ष मिना केसीलगायत बोलेका थिए ।
कांग्रेस बुद्धभूमि नगरपालिकाका सभापति माधव दोमासेको अध्यक्षता, उपाध्यक्ष सुरज प्रताप राणाको स्वागत र सचिव कमल अधिकारी र कृष्ण गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौं जना कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई महमन्त्री आचार्यले पार्टीको साधारण सदस्यता प्रदान गरेका छन् ।
तपाईको प्रतिक्रिया