रुपन्देही, १७ चैत । ८ महिना पछि नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) ,बुटवल उपमहानगर नगर कमिटीले पूर्णता पाएको छ । कमिटीको पहिलो बैठकले नगर कमिटीलाई पूर्णता दिएको हो ।
बैठकमा सहभागी रिया बस्नेतका अनुसार ८ महिना अघिको सम्मेलनबाट अध्यक्ष चयन गरिएका पुष्पराज ढकाल प्रदेश कमिटीमा गएपछि सचिव रहेकी मञ्जु भुसालले अध्यक्षको दावी गरेकी थिइन । त्यसमा विवाद भएका कारण पदाधिकारी चयन हुन सकेको थिएन ।
तर बसेको बैठकले कमिटीको अध्यक्षमा नारायण भुसाल, उपाध्यक्षमा नमनारायण घिमिरे,मिना घर्ती र सुदन अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै सचिवमा सागर न्यौपाने, सहसचिवमा राजु गौडेल ,कोषाध्यक्षमा राजु कालिराजसहित ७३ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।
तपाईको प्रतिक्रिया