‘ओलीका कारण संविधान संशोधन भएन’

राजनीति

सिरहा, २४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको पहिचान र अधिकारसहितको संविधान संशोधन प्रस्ताव पारितको बाधक एमाले रहेको बताएका छन् ।

सिराहको मिर्चैयामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले त्यसका असली भागिदार केपी शर्मा ओली रहेको बताए ।

‘मधेसी जनताको पहिचान र अधिकार संविधानमा जति लेखिनुपथ्र्यो, लेखिएन, मधेसी जनताको अधिकारलाई परिमार्जनका निमित्त संसद सचिवालयमा प्रस्तावसमेत दर्तासमेत भयो तर एमाले भन्ने पार्टी र केपी ओली भन्ने नेताकै कारण मधेसी जनताको पहिचान र अधिकारको संसोधन प्रस्ताव पारित हुन सकेन,’ उनले भने ।

पहिचान र अधिकारको लडाइँका लागि आफूहरुले अभियान अघि बढाएको उनले बताए । ‘ओलीले पार्टीमा अल्पमत परेको हुनाले संसद् विघटन गरेको उनले आरोप लगाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ