नेपालगन्ज, १५ बैशाख । नेपालगन्जमा सत्तारुढ दलहरू बीच चुनावी गठबन्धन छ । कांग्रेसलाई मेयर र जसपालाई उपमेयर भाग परेपछि कांग्रेसले मेयरमा नगर सभापति प्रशान्त विष्ट र जसपाले उपमेयरमा बाँके अध्यक्ष कमरुद्दिन राईलाई उम्मेदवार बनाएको छ ।
मनोनयन दर्ता स्थलमा एक अर्कालाई भेटेपछि दुवैले हार्दिकता साटे र संयुक्त स्वरमा मेयर उपमेयर जित्ने उद्घोष गरे ।
‘संविधान र लोकतन्त्र रक्षाका लागि सत्तारुढ दलहरुबीच गठबन्धन बनेको छ, हामी यहाँ मेयर उपमेयर उठेका छौं, हामी दुई भाइले जितेर अब नेपालगन्ज बनाउँछौँ,’ विष्ट र राईले भने । नेपालगन्जलाई विकसित र समृद्ध बनाउने योजनासहित आफूहरू अघि बढ्ने दुवैले बताए ।
तपाईको प्रतिक्रिया