कैलाली, १५ बैशाख । कैलाली जिल्लाका विभिन्न पालिकामा सत्तारुढ गठबन्धनमा भएको सहमति विपरीत गठबन्धनमा आवद्ध दलका तर्फबाट दिइएका उम्मेदवारी फिर्ता लिन प्रमुख तीनले संयुक्त रुपमा अपिल गरेका छन् ।
नेपाली काँग्रेसका प्रदेश सभापति नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज दीर्घ सोडारीले बुधबार संयुक्त रुपमा अपिल जारी गरेका हुन् ।
वैशाख ११ गते गठबन्धनमा भएको सहमति अनुसार १३ वटा पालिकामा तालमेलका आधारमा उम्मेदवारी दिने गरी उम्मेदवार तय भइसकेको भन्दै उनीहरुले ती पालिकाका विभिन्न पदमा पार्टीको नामबाट र स्वतन्त्र रुपमा समेत गठबन्धनमा आवद्ध दलकै विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिले उम्मेदवारी दिएको भन्दै उनीहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।
तपाईको प्रतिक्रिया