कटहरियामा माओवादी र जसपा गठबन्धन

राजनीति

रौतहट, १५ बैशाख । अरौतहटको कटहरिया नगरपालिकामा नेकपा माओवादी र जसपाबीच गठबन्धन भएको छ । दुवै दलको संयुक्त बैठकले अगामी ३० गते हुने निर्वाचनमा गठबन्धन गरेको हो ।

गठबन्धनले कटहरिया नगरपालिकाको मेयर पदको टिकटको लागि माओवादी नगर कमिटी अध्यक्ष नसरुद्दिन अन्सारी र उपमेयरमा जसपाका जितेन्द्र यादवको नाम सिफारिस गरेको छ ।

बैठकमा माओवादी प्रदेश कमिटी सदस्य रामाकान्त चौरसिया,माओवादी नगर अध्यक्ष नसरुदिन अन्सारी, जसपाका नगर अध्यक्ष जितेन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ