कैलाली, २२ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।
कैलालीको बर्दगोरिया गाउँपालिकास्थित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हुँदै नभएको मुद्दा लगाएर थारु नेताहरूलाई थुनेर राखेको बताएका हुन् ।
‘कैलालीमा टीकापुर घटना भयो । सो घटनाले गर्दा यहाँका थारु नेताहरू अहिले पनि जेलमा छन् । तर, रेशम चौधरी र थारु नेताहरूलाई जेल हाल्नुपर्ने कुनै कारण छैन’ ओलीले भने, सरकारले हुँदै नभएको मुद्दा लगाएर थारु नेताहरूलाई थुनेर राखेको छ ।’
ओलीले आफू सरकारमा रहेका बेला थारु कल्याणकारी समितिसँग ६ बुँदे सहमति समेत गरेको बताए । तर सहमति कार्यान्वयन नहुँदै एमाले सरकारबाट हटेको स्पष्ट पारे ।
तपाईको प्रतिक्रिया