काठमाडौँ, ११ जेठ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् ।
स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसारको परिणाम नल्याएपछि मिश्रले राजीनामा दिएका हुन् ।
मिश्रले निर्वाचनमा प्राप्त परिणामको जिम्मेवारी लिँदै बुधबारबाट लागू हुने गरी राजीनामा दिएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
मिश्र नेतृत्वको यो पार्टीले मधेश प्रदेशको बाराको फेटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका साथै केही वडामा जित हासिल गरेको थियो ।
अन्य स्थानमा अपेक्षित नतिजा ल्याउन नसकेपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।
उनले भनेका छन्, 'हाम्रा उम्मेदवारहरू 'इमानदार र सक्षम' हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ। बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ। मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उहाँलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।'
तपाईको प्रतिक्रिया