रौतहटको फतुवा विजयपुरमा कांग्रेसको नेतृत्व

राजनीति

रौतहट, १२ जेठ । रौतहटको फतुवा विजयपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोपालराय यादव विजयी भएका छन् ।

उनले ४ हजार ८ सय ५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका विजय यादवले ३ हजार ३ सय ६१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा पनि नेपाली कांग्रेसकै अमवेया खातुन ५ हजार १ सय ६२ मत ल्याएर विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्दी एमालेकी कान्ती देवीले ३ हजार ६ सय ६८ मत ल्याइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ