जनकपुरधामका जनप्रतिनिधिले सपथ लिए, एमालेद्वारा कार्यक्रम बहिष्कार

राजनीति

जनकपुरधाम, १२ जेठ । जनकपुरधाम उपमहानगरपालिका नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनियताको सपथ लिएका छन् ।

बिहीबार भएको सपथ ग्रहण समारोहमा नवनिर्वाचित मेयर मनोजकुमार साहले जनप्रतिनिधिहरूलाई सपथ ग्रहण गराएका हुन् । उनले उपमेयर, वडा अध्यक्षहरू र सदस्यहरूलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

मेयर साहले भने यसअघि नै मुख्य निर्वाचन अधिकृतबाट सपथ लिइसकेका छन् । यता, जनकपुरधाम उपमहानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरूले सपथ ग्रहण समारोह बहिष्कार गरेका छन् ।

कांग्रेसका नेता विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाइएपछि उनीहरूले सपथ ग्रहण समारोह बहिष्कार गरेका हुन् । सपथ ग्रहणमा कुनै पार्टीका नेतालाई ल्याउनु उचित नभएको उनीहरूको तर्क छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ