जनकपुरधाम, १३ जेठ । मधेश प्रदेशमा नेपाली कांग्रेसले कुल ४७ वटा पालिकाको नेतृत्व पाएको छ ।
मधेश प्रदेशका १ सय ३६ स्थानीय तहमध्ये ४७ स्थानका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जितेका हुन् । त्यस्तै, नेकपा एमालेले २९ स्थानको नेतृत्व पाएको छ ।
जसपाले २५, लोसपाले १४, नेकपा माओवादी केन्द्रले ९, नेकपा एकीकृत समाजवादीले ६, जनमत पार्टीले २, तमलोपाले १, विवेकशील साझा पार्टीले १ र दुई स्वतन्त्र उम्मेदवारले प्रमुख पदमा विजयी हासिल गरेका छन् ।
त्यसैगरी, उपप्रमुख पदमा नेपाली कांग्रेसले ५५, नेकपा एमाले २७, जसपाले २७, लोसपाले १०, नेकपा माओवादी केन्द्रले ९, नेकपा एकीकृत समाजवादी पार्टीले ५, जनमत पार्टीले १, विवेकशील साझा पार्टीले १ र स्वतन्त्र १ जनाले विजयी हासिल गरेका छन् ।
तपाईको प्रतिक्रिया