जनकपुरधाम, १३ जेठ । जनकपुरधाम उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनियताको सपथ लिएका छन् ।
शुक्रबार भएको सपथ ग्रहण समारोहमा उनीहरूले सपथ लिएका हुन् । उनीहरूलाई मेयर मनोजकुमार साहले सपथ खुवाएका हुन् ।
यसअघि, बिहीबार सपथ ग्रहण समारोहमा कांग्रेसका नेता विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाइएपछि नेकपा एमालेका जनप्रतिनिधिहरूले सपथ कार्यक्रम बहिष्कार गरेका थिए ।
जनकपुरधामका वडामा विजयी भएका सात वडा अध्यक्ष तथा विभिन्न वडाका सदस्यहरूले सपथ लिएका हुन् । सपथ ग्रहण समारोहमा उपमेयर किशोरी साह, नेकपा एमालेका नगर अध्यक्ष सुरेन्द्र भण्डारीलगायत सहभागी भएका थिए ।
तपाईको प्रतिक्रिया