भजनीमा एमाले र नागरिक उन्मुक्तिको गठबन्धन विजयी

राजनीति

कैलाली, १९ जेठ । कैलालीको भजनीनगर कार्यपालिकामा ८ जना सदस्य निर्वाचित भएका छन् । यहाँ नेकपा एमाले र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच तालमेल भएको थियो ।

८ जनाको लागि भएको निर्वाचनमा १३ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये नागरिक उन्मुक्तिका ६ जना र एमालेका २ जना निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेमा महिला सदस्यतर्फ नागरिक उन्मुक्तिका कृष्णकुमारी चौधरी, जैसरा कामीओड, मनदेवीचौधरी, शान्तीकुमारी चौधरी र रजमतीचौधरी छन् । उनीहरूले कुल खसेको ४६ मध्ये ३३ मत पाए ।

त्यस्तै दलित वा अल्पसंख्यकतर्फ नागरिक उन्मुक्तिका एकजना र एमालेका २ जना निर्वाचित भए ।

नागरिक उन्मुक्तिका गणेशकुमार विक, एमालेका प्रेमबहादुर चन्दरा र रामदेवी राजी निर्वाचित भएका छन् । विकले ३२ मत पाए भने प्रेम र रामदेवीले ३३÷३३ मत पाए । कांग्रेसका प्रतावसिंह ताम्राकार, सन्तोष दमाईले १३÷१३ मत पाए ।

भजनीमा नागरिक उन्मुक्तिका २३ र एमालेका १० जना सदस्य छन् । माओवादी र कांग्रेसले तालमेल गरेर निर्वाचनमा होमिएका थिए । महिला सदस्यतर्फ रामकुमारी देवी चौधरी, रिना कुमारी डगौँरा, रेखा कामीले १३ मत ल्याए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ