नेपालगंज, १९ जेठ । नेपाली कांग्रेस जिल्ला कार्य समिति बाँकेको पार्टी कार्यालयमा नेता–कार्यकर्ताले तालाबन्दी गरेका छन् ।
पार्टी सभापति नारायणप्रसाद गौडेलले विधानविपरीत काम गरेको भन्दै असन्तुष्ट नेता–कार्यकर्ताले ताला लगाएका हुन् ।
असन्तुष्ट पक्षले सभापति गौडेलविरुद्ध बहुमतको निर्णयबिनै विधानविपरीत कोषाध्यक्ष, जिल्ला सदस्य, कार्यसम्पादन समिति र जिल्ला संसदीय समिति गठन गरेको आरोप लगाएको छ ।
तपाईको प्रतिक्रिया