देवाहीगोनाही कार्यपालिकामा वाम गठबन्धन निर्वाचित

राजनीति

रौतहट, १९ जेठ । रौतहटस्थित एक स्थानीय तहमा बाम गठबन्धन गरी कम्युनिस्ट समर्थित ८ जना उम्मेदवार नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् ।

देवाहीगोनाही नगरपालिकामा वाम गठबन्धन गरेर कम्युनिस्ट समर्थित आठैजना उम्मेदवार नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।

देवाही गोनाहीमा कार्यपालिका सदस्यको निर्वाचनमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।

कार्यपालिका सदस्यको निर्वाचनमा एमालेका दुई, माओवादीका ३ र एकीकृत समाजवादीका ३ जना उम्मेदवार निर्वाचित भएका हुन् ।

महिलातर्फ कार्यपालिकाको जिम्मेवारी पाउनेमा अंजीला देवी, रहिमा बेगम, चुल्हिया देवी, जसोधा देवी, अमिरखा देवी छन् । त्यस्तै दलित तथा अल्पसंख्यकमा विन्देश्वर प्रसाद जयसवाल, अजयकान्त साह र सुरेश साह कलवार निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ