माओवादी अध्यक्ष दाहाल र काठमाडौँका मेयर साहबीच भेट

राजनीति

काठमाडौँ २१ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । 

शनिबार बिहान खुमलटारस्थित दाहाल निवास पुगेर मेयर साहले भेटवार्ता गरेका हुन् । भेटमा दाहालले सबैलाई मिलाएर सहकार्य गर्दै काम गर्नु सराहनीय रहेको भन्दै सधैँ साथ र सहयाेग उपलब्ध गराउने भनेर मेयर साहलाई भनेका थिए । 

'तपाईंको जित बहुत ठूलो कुरा हो, क्रान्ति हो । पहिलेका मेयरहरू स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग आबद्ध भएर अरु पार्टीलाई गाली गर्ने सिस्टम थियो । तर तपाईंले पहिलो पटक सबैलाई मिलाएर-सहकार्य गर्ने काम गरिरहनु भएको छ । त्यो सह्रानीय छ त्यसैले हजुरलाई हाम्रो सधैंभरी साथ र सहयोग हुनेछ,' शाहसँग दाहालले भनेका थिए ।

मेयर साहले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । त्यस्तै निर्वाचित हुनुअघि पूर्वप्रधानमन्त्री केपीशर्मा ‌ओलीसँग भेट गरेका थिए । उनी शहरी विकासमन्त्री रामकुमारी झाक्रीसँग पनि भेट गरेका थिए । 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ