जिसस पर्सामा सोनार विजयी

राजनीति

पर्सा, २९ जेठ । जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का नीरज (अजय) साह सोनार विजयी भएका  छन् ।

जसपा र नेकपा (एमाले) तर्फबाट साझा उम्मेदवार बनेका उनले दुई मतको अन्तरले विजयी भएका हुन् ।

सोनारले १५ मत ल्याएका छन् । उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका साझा उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरे ।

यसैगरी उपप्रमुख पदमा एमालेका पुरन साह कुल १५ मतसहित जिजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कुमारी सोनीले १३ मत प्राप्त गरिन् ।

जिससको नेतृत्वका लागि जसपा–एमाले गठबन्धन मिलेर चुनाव लडेकामा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
नौ सदस्यीय जिसस पर्सामा जसपाबाट तीन र एमालेका चार सदस्य विजयी भएका छन् । एमालेको १० र जसपाको पाँच गरी १५ मत थियो । यसैगरी कांग्रेस १२ र लोसपा एक गरी १३ मत थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ