यसै साताभित्र नागरिकता समस्याको समाधान गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

राजनीति

काठमाडौँ, २९ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै साताभित्र नागरिकता समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

आइतबार जनता समाजवादी पार्टीका सांसदहरूको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता जनाएको सांसद प्रदीप यादवले जनाएका हुन् ।

सांसद यादवले आफूहरूले प्रधानमन्त्रीबाट यस्तो प्रतिबद्धता पाएको कुरा सामाजिक सञ्जालमा लेखेका छन् । उनले आफूहरूले आज प्रधानमन्त्री देउवालाई भेटेर

नागरिकताका विषयमा पुनः ध्यानाकर्षण गराएको बताएका छन् । जवाफमा प्रधानमन्त्री देउवाले यही साताभित्र नागरिकताको समस्या समाधान गर्ने बताएको यादवले लेखेका छन् ।

नागरिक ऐन २०६३ संशोधन विधेयक अहिले सदनमा विचाराधीन छ ।

विधेयक पारित नहुँदा जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ