जनमत पार्टीले तोक्यो जिल्ला इन्चार्ज र निर्वाचन क्षेत्रका लागि केन्द्रीय पर्यवेक्षक

राजनीति

जनकपुरधाम, ३१ जेठ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले जिल्ला इन्चार्ज र निर्वाचन क्षेत्रका लागि केन्द्रीय पर्यवेक्षक तोकेको छ । गत साता सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले जिल्ला इन्चार्ज र निर्वाचन क्षेत्रका लागि केन्द्रीय पर्यवेक्षक तोकेको हो ।

यसअघिको जिल्ला पदाधिकारीको कार्यकाल जेठ ३१ गते पूरा भएकोले आगामी जिल्ला पदाधिकारीहरूको चयन नभएसम्मका लागि जिल्ला इन्चार्ज तोकिएको अध्यक्ष डा.राउतले जनाएका छन् ।

डा.राउतका अनुसार आगामी ६–१२ महिनाको सक्रियता, वफादारिता तथा गतिविधिको मूल्याङ्कन गरेर मात्रै जिल्ला पदाधिकारीहरूको मनोनयन वा अधिवेशन मार्फत् चयन गरिनेछ । सो गर्दा ईन्चार्ज÷पर्यवेक्षकलाई असहयोग गरेका, पार्टीप्रति अन्तर्घात गरेका र अझै सुधार नदेखाएका तथा कालो सूचीमा रहेका नेता कार्यकर्ताहरूलाई अवसर दिइने छैन ।

यसैगरी, बैठकले जनमत पार्टीका मोर्चा तथा भातृ संगठनका केन्द्रीय समितिहरूको पुनर्गठन केन्द्रीय कार्यकारिणी समितिले यथाशीघ्र गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि केन्द्रीय पर्यवेक्षक तोकिएको छ । केन्द्रीय पर्यवेक्षक नतोकेका निर्वाचन क्षेत्रहरूमा जिल्ला इन्चार्जहरू स्वयंले सो कार्यभार सम्पादन गर्नेछन् वा उपयुक्त पर्यवेक्षकको लागि सिफारिश गर्ने डा.राउतले जनाएका छन् ।

जिल्ला इन्चार्ज र निर्वाचन क्षेत्रमा खटाइएका केन्द्रीय पर्यवेक्षकहरूले पूर्णकालीन् रूपमा (‘फुलटाइमर’ भएर) समय दिनु पर्नेछ र केन्द्रीय सचिवालयबाट प्राप्त निर्णयहरूलाई स्थानीय समितिहरूसँग समन्वय गरेर कार्यान्वयन गर्नु पर्नेछ ।

जिल्ला इन्चार्ज र पर्यवेक्षकहरू निष्क्रिय देखिएमा केन्द्रीय कार्यकारिणी समितिले जुनसुकै बेला पनि उनीहरूलाई परिवर्तन गर्न सक्ने सो बैठकले निर्णय गरेको छ । जिल्ला इन्चार्ज र पर्यवेक्षकहरूले दैनिक रूपमा केन्द्रीय सचिवालयसँग सम्पर्कमा बस्नु पर्ने र आवश्यक कागजात आदानप्रदान गर्नु पर्नेछ ।

पार्टी प्रवेश कार्यक्रमहरू तथा श्रव्यदृश्य सहितका जनचेतना (डकूमेन्टरी÷विडियो देखाउने) कार्यक्रमहरू अविलम्ब गाउँ–गाउँमा संचालन गर्नका लागि सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई अध्यक्ष डा.राउतले अनुरोध गरेका छन् ।

जिल्ला इन्चार्ज

झापा विजय ताजपुरिया 9823409089 मोरङ बुद्धिराम माझी 9814390348 सुनसरी दुर्गानन्द यादव 9812386771 सप्तरी ममता झा 9852820015 सिरहा विजय कुमार साह 9801545183 धनुषा संजय कुमार साह 9817825494 महोत्तरी कोमल यादव 9804813394 सर्लाही नरेश कुशवाहा 9817810296 रौतहट ललित मल्लिक 9818165930 बारा ओमप्रकाश साह 9815225359 पर्सा श्यामसुन्दर चौरसिया 9811178086 नवलपरासी–बर्दघाटपश्चिम शारदा चौधरी 9817500884 रुपन्देही रामविष्णु प्रसाद लोध 9818023395 कपिलवस्तु सीताराम पटेल 9819490209 दाङ महावीर यादव 9803368125 बाँके प्रहलाद यादव अहिर 9848056603 बर्दिया सोहराब पठान 9802570029 काठमाडौं ई. हरेन्द्र चौधरी 9851169401

प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि केन्द्रीय पर्यवेक्षक

क्र.सं. जिल्ला निर्वाचन क्षेत्र पर्यवेक्षकको नाम १ झापा 1   २ झापा 2   ३ झापा 3   ४ झापा 4   ५ झापा 5   ६ मोरंग 1   ७ मोरंग 2   ८ मोरंग 3   ९ मोरंग 4   १० मोरंग 5   ११ मोरंग 6   १२ सुन्सरी 1 x १३ सुन्सरी 2 आशा मेहता १४ सुन्सरी 3 हरेराम मण्डल १५ सुन्सरी 4 योगानन्द साह १६ सप्तरी 1 शिवनन्दन मेहता १७ सप्तरी 2 ऋषिकेश ठाकुर १८ सप्तरी 3 जयप्रकाश मण्डल १९ सप्तरी 4 थानेश्वर साह/विद्यानारायण यादव २० सिरहा 1 उमेश रजक २१ सिरहा 2 संजय यादव २२ सिरहा 3 रंजित यादव २३ सिरहा 4 निर्मल मण्डल/जागेश्वर साह तेली २४ धनुषा 1 वि.पी. साह २५ धनुषा 2 नवीन पण्डित २६ धनुषा 3 संतोष कुमार साह २७ धनुषा 4 रामप्रताप मण्डल २८ महोत्तरी 1 जीवन त्यागी २९ महोत्तरी 2 नरेन्द्र यादव ३० महोत्तरी 3 वीरेन्द्र मण्डल/कौशलेन्द्र गिरी ३१ महोत्तरी 4 रामजीवन साह ३२ सर्लाही 1 सुवोध कुमार मण्डल ३३ सर्लाही 2 मनोहरी देवी बैठा ३४ सर्लाही 3 विवेक शर्मा ३५ सर्लाही 4 संजय कुमार सिंह ३६ रौतहट 1 विकास यादव ३७ रौतहट 2 रामेश झा ३८ रौतहट 3 कृष्ण साह ३९ रौतहट 4 रामविश्वास पासवान ४० बारा 1 रामबाबु पटेल ४१ बारा 2 सुनिल यादव ४२ बारा 3 x ४३ बारा 4 सुरेश प्रसाद साह ४४ पर्सा 1 x ४५ पर्सा 2 मुन्ना चौधरी ४६ पर्सा 3 इन्दल राठौड़ ४७ पर्सा 4 x ४८ नवलपरासी 1 शत्रुघन यादव ४९ नवलपरासी 2 बालगोविन्द चौधरी ५० रुपन्देही 1 शिवचरण केवट ५१ रुपन्देही 2 राजेन्द्र थारू ५२ रुपन्देही 3 बद्री मौर्य ५३ रुपन्देही 4 रामकेश गुप्ता ५४ रुपन्देही 5 रामदेव यादव ५५ कपिलवस्तु 1 जितेन्द्र चौधरी ५६ कपिलवस्तु 2 रियाज अहमद ५७ कपिलवस्तु 3 मनोज कुमार ओझा ५८ बाँके 1 विष्णु तमोली ५९ बाँके 2 मो. हुस्सेन शाह ६० बाँके 3 वन्दना कुमारी वर्मा ६१ बर्दिया 1 हरे कृष्ण पाठक ६२ बर्दिया 2 x

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ