जसपाको विधान सम्मेलन स्थगित

राजनीति

काठमाडौं, १ असार । जनता समाजवादी पार्टी (जसपा) को विधान सम्मेलन स्थगित भएको छ ।

असार २ गतेका लागि यसअघि नै तोकिएको विधान सम्मेलन अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।

‘अर्को सूचना नभएसम्मका लागि विधान सम्मेलन अहिलेका लागि स्थगित भएको छ’, केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले भने ।

उनका अनुसार अध्यक्ष उपेन्द्र यादवसहित सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई नयाँ मिति तय गर्ने जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ