सिरहा, ६ असार । जिल्ला समन्वय समिति सिरहामा नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) को प्यानल विजयी भएको छ ।
आज भएको निर्वाचनबाट समन्वय समितिको प्रमुखमा जसपाका दिनेशकुमार महतो र उपप्रमुखमा एमालेका दिलीप लामा विजयी भएका हुन् ।
प्रमुख महतोले २६ र उपप्रमुख लामाले २५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए ।
प्रमुख पदका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का मनोजकुमार गुप्ताले सात र उपप्रमुखका नेकपा (एकीकृत समाजवादी) का राजेश्वरकुमार यादवले सात मत प्राप्त गरे ।
जिल्ला समन्वय समितिको सदस्यहरूमा गीताकुमारी पासवान, सोनावतीकुमारी महरा, जानकीकुमारी यादव, शोभाकुमारी यादव, सुरेश यादव, गीता पासमान, सोनावती महरा, सूर्यनाथ यादव र रवीन्द्रकुमार महतो विजयी भएका छन् ।
तपाईको प्रतिक्रिया