काठमाडौं, १० असार । सत्ता साक्षेदार नेकपा (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फेर्ने गरेको निर्णयको असर जसपामा पनि परेको छ ।
यद्यपी समाजवादीले गरेको निर्णय अहिलेसम्म लागू भएको छैन । अध्यक्ष माधवकुमार नेपालले मन्त्री फेर्न र नयाँलाई नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । तर प्रधानमन्त्रीले समाजवादीको निर्णय भने मानेका छैनन् ।
यता समाजवादी जस्तै मन्त्री फेर्ने निर्णय जसपामा पनि हुनुपर्ने भन्दी केही नेताले अध्यक्ष उपेन्द्र यादवमाथि चर्को दबाब दिएका छन् । पार्टीभित्र आन्तरिक विवाद चुलिरहेका बेला अध्यक्ष यादवमाथि मन्त्रीहरुको हेरफेरका लागि दबाब बढेको हो ।
आन्तरिक विवादकै बीच अध्यक्ष यालव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई पक्षका नेताहरुले आआफ्नो पक्षमा बहुमत पु¥याउन दौडधुप गरिरहेका छन् ।
भट्टराईले आफूसँग बहुमत रहेको भन्दै दाबी गरेका छन् भने यादवले पनि आफ्नो पक्षमा माहोल बनाउन रणनीतिक योजना बनाइरहेका छन् ।
जसपाका सांसद सुरेन्द्र यादवका अनुसार ६–६ महिनामा मन्त्री फेर्ने निर्णय पार्टीमा भएको बताउँदै सोहीअनुसार अध्यक्ष यादव चल्नुपर्छ ।
जसपाबाट हाल रेणु यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव मन्त्री छन् । मन्त्री परिवर्तन गर्ने विषयमा अध्यक्ष यादवले अहिलेसम्म स्पष्ट जवाफ दिएका छैनन् ।
उनले अहिले राजनीतिक उथलपुथल अवस्थामा रहेकाले थप छलफल गरि कुनै निर्णय लिने आश्वासन दिएका छन् । मन्त्री फर्ने विषय भट्टराईका लागि त्यो अवसर बनेको छ ।
भट्टराई पार्टी कब्जा गर्ने रणनीतिका साथ अघि बढ्दै गर्दा यादवले भने मन्त्रीहरुको हेरफेर पनि नगर्ने बरु भट्टराईलाई रोक्दै पार्टीलाई जोगाउने रणनीतिमा छन् । तर, यो रणनीतिका बीच पनि यादवलाई सहज भने छैन ।
अहिले संसदीय दलमा बाबुराम भट्टराई बलियो अवस्थामा छन् । यादवले मन्त्री हेरफेर गरे भने बाबुरामका पक्षमा रहेका सांसदहरु पनि उपेन्द्रको पक्षमा जान सक्ने सम्भावना छ । यदि फेरिएन भने अन्त्यमा हस्ताक्षर गरेर बाबुराम भट्टराईतिर जाने सम्भावना रहेको छ, त्यसैले बल उपेन्द्र यादवको कोर्टमा देखिन्छ ।
तपाईको प्रतिक्रिया