मन्त्री आलेले दिए पदबाट राजीनामा

राजनीति

काठमाडौँ, १२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिएका छन् ।

आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामापत्र बुझाएको नेकपा एकीकृत समाजवादी पार्टीका एक नेताले जानकारी दिए ।

उनले पत्रकार सम्मेलन गरेर प्रगति विवरण सार्वजनिक गर्ने तयारीसमेत गरेका छन् । आलले शुक्रबार बसेको पोलिट्ब्युरो बैठकमा ४८ घण्टाभित्र राजीनामा बुझाउने बताएका थिए ।

आइतबार कार्यालय पुगेर अध्यक्ष नेपाललाई राजीनामापत्र बुझाएका हुन् । अन्य मन्त्रीले भने राजीनामा बुझाएका छैनन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ