काठमाडौं, १२ असार । कौशल कुमार सिंह नेतृत्वको लोक दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा समाहित भएको छ ।
बबरमहलस्थित लोसपाको केन्द्रीय कार्यालयमा आयोजित एकीकरण घोषणासभामा लोक दल लोसपामा समाहित भएको हो ।
चारबुँदे सहमतिसहित लोक दल लोसपामा समाहित भएको हो । सहमतिपत्रमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रही मधेश र समग्र देशको जनताको अधिकार प्राप्तिको संघर्षलाई अझ उचाईमा पु¥याउन यस दुई पार्टीहरुबीच ऐतिहासिक एकीकरण भएको घोषणा गर्दछौं ।’
लोक दलले लोसपाको नाम, झण्डा र छाप स्वीकार गर्ने, लोक दलबाट आएका नेता तथा कार्यकर्ताहरुलाइृ सहमति अनुसारको स्थान र सम्मान लोसपा नेपालमा प्रदान गर्ने, जिल्लादेखि केन्द्रसम्मका लोक दलका सबै संगठनहरुलाई लोसपा नेपालमा समायोजन गरिने र आगामी निर्वाचनमा लोक दलका नेता कार्यकर्ताहरुलाइई प्रत्यक्ष एवं समानुपातिक उम्मेद्वारीमा समुचित स्थान दिने सहमति भएको हो ।
तपाईको प्रतिक्रिया