नागरिकता विधेयक पारित नगर्नु सरकार मधेशप्रति अनुदार रहेको पुष्टि : नेता मिश्र

राजनीति

काठमाडौं, १५ असार । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्रले नागरिकता विधेयक अहिलेसम्म पारित नगर्नु भनेको सरकार मधेशप्रति अनुदार रहेको पुष्टी भएको बताएका छन् ।

नेता मिश्रले नागरिकता समस्या देशकै समस्या रहेको जिकिर गर्दै सरकारले यसलाई अल्झाइ समग्र देशको जनतासँग अन्याय गरिरहेको धारणा राखेका हुन् ।

उनले भनेका छन्, ‘हुन त नागरिकताको समस्या देशकै समस्या हो । नागरिकतालाई मधेशको मात्र समस्या भनी कुप्रचार गराई कथित राष्ट्रियताको नाममा जनतालाई गुमराह गरी नागरिकता विधेयकलाई सधैझै अल्झाउने काम भइरहेको हाम्रो बुझाई रहेको छ ।’

‘नागरिकता बिना बच्चाको पढाईदेखि पासपोर्ट, जागिर लगायत महत्वपूर्ण कार्यहरू नहुनु भनेको जनतालाई योग्य अपाङ्ग बनाउनु हो ।’ नेता मिश्रले भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ