जसपामा थप कलह बढ्यो, डा. भट्टराईले पनि बोलाए समानान्तर बैठक

राजनीति

काठमाडौँ, २१ असार । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेका छन् ।

अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा २७–२८ गते केन्द्रीय कार्याकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले पनि केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

‘पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रीय समितिको विस्तारित बैठक बोलाइएको हो’ केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले भने ।

उनका अनुसार केन्द्रीय समितिमा रहेका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ ।

आन्तरिक कलहमा चुलिएका बेला अध्यक्ष यादवले तीन मन्त्रीलाई फिर्ता बोलाएर तीन जना नयाँ मन्त्रीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाएपछि जसपामा थप विवादमा भइरहेको बेला अध्यक्ष भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ