नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णयप्रति तमलोपाको आपत्ति

राजनीति

काठमाडौँ, २१ असार । नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णयप्रति तराई मधेश लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको छ ।

मन्त्रिपरिषद्ले षड्यन्त्रपूर्वक विधेयक फिर्ता लिन लागेको तमलोपाको ठहर छ । तमलोपाका अध्यक्ष विषेशचन्द्र लालले मंगलबार विज्ञप्ति जारी गरी मौजुदा संविधानले गरेको व्यवस्थाविपरीतका विषयहरू षड्यन्त्रपूर्वक नागरिकतासम्बन्धी कानुनमा राख्न खोजेको पनि आरोप लगाएका  छन् ।

नागरिकतालाई सर्वसत्तावादको राजनीतिक हतियार बनाएर कमजोर र अल्पसंख्यकप्रति गरिने यस किसिमको अन्यायपूर्ण आचरण शोभनीय नभएको पनि विज्ञप्तिमा भनिएको छ ।

लाखौँ नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित राख्ने यो अवस्थाले फेरि देश आन्दोलित हुन सक्ने पनि तमलोपाले चेनावती दिएको छ ।

अध्यक्ष लालले चालू अधिवेशनबाटै नागरिकता ऐन संशोधन विधेयक पारित गर्न पनि माग गरेका छन् ।

राजनीतिक दलहरूले यस विषयमा आधिकारिक धारणा अहिलेसम्म सार्वजनिक नगरेकोप्रति पनि तमलोपाको आपत्ति छ ।

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ