काठमाडौँ, २४ असार । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले सरला यादवलाई प्रमुख सचेतकमा मनोनयन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको ३१औँ बैठकले पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हर्कबहादुर सिंहलाई जिम्मेवारी प्रदान गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी देशभर व्यापक रूपमा पार्टी सङ्गठन, जनवर्गीय सङ्गठन विस्तार गरी चुनावी अभियानमा क्रियाशील हुने विषयमा पनि छलफल भएको छ ।
तपाईको प्रतिक्रिया