सुर्खेत, ८ साउन । नेकपा एमालेले नागरिकता विधेयक विरुद्ध यही साउन १६ गते विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा आज प्रेस चौतारी कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमालेका महासचिव शंकर पोखरेलले सत्ता र गठबन्धन टिकाउनका लागि नागरिकता विधेयक संसदबाट पारित गरिएको भन्दै आलोचना गरेका छन् ।
महासचिव पोखरेलले भने, ‘यो सरकारको नलायकीपन हो । सत्ता र गठबन्धन टिकाउने गरिएको सम्झौता हो ।’ नागरिकता विधेयक पारित गरेपछि असन्तुलन पैदा भएको पोखरेलको भनाइ छ । ‘नेपाली चेलीहरुले जुन अधिकार भारतबाट प्राप्त गरेका छन्, त्योभन्दा बढी सुविधा दिने कुरा उचित हैन,’ उनले भने । नागरिकता विधेयक विरुद्ध यही साउन १६ गते एमालेले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको जानकारी पनि महासचिव पोखरेलले दिए ।
तपाईको प्रतिक्रिया