जनमत पार्टी निर्वाचन आयोगमा दर्ता

राजनीति

काठमाडौं, २२ साउन । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन परियोजनका लागि जनमत पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

जनमत पार्टी निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको हो ।

निर्वाचन आयोगले निर्वाचन परियोजनका लागि दल दर्ता खुला गरेको पहिलो दिन नै जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

जनमतका उपाध्यक्ष ई.बसन्त कुशवाहा, श्रीमति बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ