कोइराला समूहद्वारा कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

राजनीति

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका असन्तुष्ट नेता डा. शेखर कोइराला समूहले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ ।

सोमबार बसेको असन्तुष्ट समूहको बैठकले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका लागि भन्दै पार्टी कार्यालयमा धर्ना बस्ने निर्णय गरेको थियो ।

१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याइए थप विरोधका कार्यक्रम तय गर्ने असन्तुष्ट समूहको तयारी छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ