‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक संगोष्ठी

राजनीति

विराटनगर, १८ पुस । बीपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिले ‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक संगोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गरेका हुन् ।

उनले नेतृत्वलाई महामन्त्रीहरूले नीति अधिवेशन गर्न वक्तव्यमार्फत माग गर्ने होइन गराउनेतर्फ पहल सुरु गर्नुपर्ने धारणा राखे ।

नेता डा कोइरालाले नेपाली जनता प्रजातन्त्रबिना बाँच्न नसक्ने हुनाले नेपाली कांग्रेसले यसको संरक्षण र जोगाउने कार्यमा सदैव तयार रहनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य अमृत अर्यालले पार्टीभित्र रहेको मनमुटाव हटाई एक ढिक्का भएर आगाडि बढ्नु आजको आवश्यकता भएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ