‘संक्रमणकालको अवस्था लम्बिनुको मुख्य कारण सरकार र राजनीतिक दलहरू’

राजनीति

जनकपुरधाम, २७ फागुन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संक्रमणकालको अवस्था लम्बिनुको मुख्य कारण सरकार र राजनीतिक दलहरू नै भएको बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा प्रेस सेन्टर नेपाल मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व सभामुख समेत रहेका उपाध्यक्ष सापकोटाले राजनीतिक दलहरूको दाउपेचका कारण संसद्मा सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयहरू टुंग्याउनका लागि संसद्बाट पास हुनुपर्ने विधेयकहरू थन्क्याइएको बताए ।

उनले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत नै सङ्क्रमणकालीन विषयहरूको समाधान खोज्नुपर्ने बताए ।

उनले २०६३ सालमा तत्कालीन नेकपा माओवादी र नेपाल सरकारबीच भएको विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार सङ्क्रमणकालीन अवस्था शान्ति प्रक्रियालाई टुङ्ग्याउनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ