काठमाडौं, १८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टीका सभापति रवि लामिछाने चयन भएका छन् ।
रास्वपा संसदीय दलको सोमबार बसेको बैठकले लामिछानेलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
यस्तै, रास्वपा संसदीय दलको बैठकले सचेतकमा निशा डाँगीलाई चयन गरेको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने विषयमा आगामी शुक्रवार बस्ने पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले ठोस निर्णय गर्नेछ ।
रास्वपाको केन्द्रिय समितिको बैठकले पार्टी सभापति लामिछानेलाई संसदीय दलको नेतामा चयन गर्न निर्देशन दिएपछि संसदीय दलको बैठकले दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
यसअघि संसदीय दलको नेता रहेका उपसभापति डोलप्रसाद अर्याल (डिपी अर्याल) ले पदबाट राजीनामा दिएपछि लामिछानेलाई पुनः दलको नेता चयन गरेको हो ।
तपाईको प्रतिक्रिया