जनकपुरधाम, ३१ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको सरकार चाँडै पुनर्गठन हुने बताएका छन् ।
उनले केन्द्रमा झैं पाँचदलीय गठबन्धनकै सहमतिको आधारमा मधेश प्रदेश सरकारको समेत चाँडै पुनर्गठन हुने बताएका हुन् ।
जनकपुरधाममा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले जनमत पार्टीले गठबन्धनको मर्म विपरीत काम गरेको बताए ।
अध्यक्ष यादवले भने, ‘जनमतमा गठबन्धनको मर्यादा, गठबन्धनमा रहेको हिसाबले पालना गर्नुपर्ने न्यूनतम आचरण पनि देखिएन, गठबन्धनले एउटा उपराष्ट्रपतिको उम्मेदवार दियो उहाँले छुट्टै उम्मेदवार दिनु भयो ।’
गठबन्धनमा पनि बस्ने र स्वतन्त्र (अलग्गै) जस्तो पनि व्यवहार गर्ने हो भने यस विषयमा विचार गर्नुपर्ने स्भाविक रहेको र यसको जिम्मा प्रधानमन्त्रीलाई दिइएको उनले बताए ।
तपाईको प्रतिक्रिया