कोशीविरुद्धको आन्दोलनकारीमाथि दमन नगर्न उपेन्द्रको आग्रह

राजनीति

काठमाडौं, १४ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेश नामाकरणविरुद्ध भइरहेको आन्दोलनमा दमन नगर्न सरकारसँग आग्रह गरेको छ ।

जसपा अध्यक्ष यादवले आइतबार एक विज्ञप्ति जारी गरी प्रदर्शनकारीमाथि सरकारले दमन गर्ने कार्य तत्काल बन्द गर्न अनुरोध गरेका हुन् ।

उनले समस्याको न्यायोचित सम्बोधन हुने गरी आन्दोलनरत् पक्षसँग वार्ताद्वारा समस्याको समाधान गर्न सरकारसँग अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ