लालबाबुलाई वातावरण मन्त्रालयको जिम्मा

राजनीति

2/15/2018

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण र थममाया थापालाई महिला, बालबालिका र समाजकल्याणमन्त्री नियुक्त गरेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा नेकपा(एमाले)बाट प्रतिनिधिसभामा क्रमशः प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित उनीहरुलाई बिहीबार नै पद तथा गोपनीयताको शपथ गराइन । 

मन्त्री पण्डित यसअघि सामान्य प्रशासनमन्त्री र थापा एमाले संसदीय दलका सचेतक थिए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ