संघको मानसिकता बद्लिएको छैन : मुख्यमन्त्री राउत

राजनीति

9/16/2018

पोखरा, २१ भाद्र । प्रदेश नं २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले संविधानले अवलम्बन गरेका सहकार्य, समन्वय र सहअस्तित्वको आधारमा अघि बढ्नुपर्ने बताएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा बिहीबार पोखरामा आयोजित मुख्य मन्त्रीहरूको भेलामा प्रदेश २ का मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।

मुलुक सङ्घीय संरचनामा गइसके पनि सङ्घको मानसिकता नबदलिएको बताउँदै उनले सङ्घीयताको मर्म र भावनालाई आत्मसात् गर्नुपर्नेमा जोड दिए । प्रहरी प्रशासन एवं कर असुलीलगायतका विषयमा अझै पनि प्रदेश सरकारलाई अधिकार नभएको उनले गुनासो गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ