राजपा महासचिवले सुरु गरे भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, बिना शुल्क न्याय दिलाउने प्रतिबद्धता

राजनीति

7/31/2018

जनकपुरधाम, १५ साउन । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजीव झाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अभियान सुरु गरेका छन् । उनले सरकारी कामकाज लगायतमा सानोभन्दा सानो कामका लागि घुस लिने जस्ता विकृत्तिहरु बढेकोले त्यसको अन्त्यका लागि यस्तो अभियान चलाएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् ‘कहिँ कतै कसैमाथी अन्याय, अत्याचार भयो भने, कतै भ्रष्टाचार भएको हेर्नु भएको छ भने तपाईंसँग भएको प्रमाणसहित म कहाँ आउनुस्, तपाई आफ्नो नाम गोप्य राख्न चाहे भने पनि नाम गोप्य राखिन्छ । सम्बन्धित निकायबाट न्याय दिलाउने काम मेरो । यो काम बापत कुनै शुल्क लाग्ने छैन ।’ आह्वान गरेका छन् ।

उनले प्रदेश २ लाई टारगेट गरी यस्तो अभियान चलाएका हुन् । उनले ९८५११४८२३४ र ९८०७८६७६५१ मा सम्पर्क गर्न सक्ने बताएका छन् । समस्या परेको व्यक्ति स्वयं आइ सम्पर्क गर्न आग्रह गरेका छन् । अख्तियारका लागि दिने निवेदन, प्रहरीलाई दिने निवेदनसहित निःशुल्क लेखिने जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ