काठमाडौं, १६ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लुम्बिनी भ्रमण लागि निमन्त्रणा गरेका छन् । पशुपति धर्मशालाको उद्ध्घाटन गर्ने क्रममा प्रधामन्त्री ओलीले सो कुरा बताएका हुन् ।
भारतीय राजदुतावासको सहयोगमा गौशालामा निर्माण भएको धर्मशालाको प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
“तपाईंले लुम्बिनी भ्रमण गरेर बुद्धको जन्मस्थल, बुद्ध धर्मको महत्व र लुम्बिनीलाई बुद्धिजमको मुहानको रुपमा विश्वव्यापी रुपमा चिनाउन थप मद्धत मिल्नेछ” प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई भने “तपाईंको अघिल्लो पटकका जनकपुर र मुक्तिनाथ मन्दिरको भ्रमणले नेपालको पर्यटनमा उल्लेख्य योगदान गरेको छ ।”
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई भने “तपाईंलाई लुम्बिनी भ्रमणको निम्ता छ । यहाँको लुम्बिनी भ्रमण चाँडैहोस ।” मोदी प्रधानमन्त्री भएपछि चौथो पटक नेपाल भ्रमण गर्नुभएकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गरे ।
तपाईको प्रतिक्रिया