काठमाडौं, १८ भाद्र । स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवको प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएको घटनाबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।
गृह मन्त्रालयले विज्ञप्ति जारी गरी हिासतमा रहेको समयमा अस्वस्थ्य भएका राम मनोहर यादवको उपचारका लागि अधिकतम् प्रयत्न गर्दा गर्दै पनि उनको मृत्यु भएको उल्लेख गरेको छ ।
‘मृत्युको विषयलाई लिएर प्रहरीको हिरासतमा मृत्यु भएको, यातना दिइएको, मानवोचित व्यवहार नगरेको जस्ता विषयहरु समाचार माध्यममा आएकोमा यसमा कुनै सत्यता नरहेको सर्वसाधारण सबैमा अनुरोध छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
तपाईको प्रतिक्रिया