निर्वाचलगत्तै सरकार छाड्छौ, : प्रधानमन्त्री देउवा

राजनीति

1/31/2018

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन गराउने जिम्मेवारी पूरा हुनासाथ सरकार छाड्ने बताएका छन् ।  नेपाल टेलिभिजनको ३३ औ बार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले निर्वाचन लगत्तै सरकार छाड्ने भएकोले हतार नगर्न दलहरुलाई आग्रह गरेका हुन् ।  

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले चुनाव गराउने जिम्मेवारीका साथ सरकार गठन भएकाले त्यसअघि सरकार नछाड्ने संकेत दिए ।

उनले अझै राष्ट्रियसभाको निर्वाचन गर्न बाँकी भएकाले त्यसअघि सरकार छाडेन भनेर आरोप लगाउनुभन्दा संविधान राम्रोसंग अध्ययन गर्न आग्रह समेत गरे ।

प्रधानमन्त्री देउवाले समयानुकूल परिमार्जन र परिस्कृत हुँदै संघीय संरचनामा जानुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे  । 

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले टेलिभिजनले आफुलाई संघीय संरचनामा लगेर सबैको साझा टेलिभिजन हो भन्ने भावना सम्प्रेषण गर्न सक्नुपर्नेमा जोड दिए । 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ