‘अन्तर्घातकै कारण धेरै ठाउँमा पराजित’

राजनीति

9/16/2018

विराटनगर, २१ भाद्र । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अन्तर्घातकै कारण निर्वाचनमा पार्टी पराजित भएको बताएका छन् । उनले तीनै तहको निर्वाचनमा अन्तर्घात भएको दाबी गरेका छन् ।

बिपी कोइरालाको १०४औँ जन्मजयन्तीका अवसरमा बिहीबार विराटनगरमा आयोजित विचार गोष्ठीमा आफ्नो धारणा राख्दै भने, ‘गत निर्वाचनमा पार्टीका उम्मेदवारप्रति अन्तर्घात गर्ने जतिसुकै ठूला नेता भए पनि कारवाही गरिनेछ ।’ उनले तीनै तहको निर्वाचनमा अन्तर्घातकै कारण पार्टीले धेरै ठाउँमा पराजित हुनु परेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ