श्री ५ को सरकार र नेपाल सद्भावना पार्टीबीच भएको सम्झौता

नेपाल सदभावना पार्टीका अध्यक्ष माननीय गजेन्द्र नारायण सिंहलगायत ५ जनाले विभिन्न १० सूत्रीय माग र समस्या राखी २०५० मार्ग २७ गतेदेखि काठमाडौंमा गर्दै आउनुभएको अनसनका सिलसिलामा श्री ५ को सरकार तथा सो पार्टीका प्रतिनिधिहरूबीच हिजोदेखि भएको वार्तामा दुवै पक्ष सहमत भएका बुँदाहरू

प्रेस बिज्ञप्ति

9/18/2018

 

मिति : २०५०/०९/०५
नेपाल सदभावना पार्टीका अध्यक्ष माननीय गजेन्द्र नारायण सिंहलगायत ५ जनाले विभिन्न १० सूत्रीय माग र समस्या राखी २०५० मार्ग २७ गतेदेखि काठमाडौंमा गर्दै आउनुभएको अनसनका सिलसिलामा श्री ५ को सरकार तथा सो पार्टीका प्रतिनिधिहरूबीच हिजोदेखि भएको वार्तामा दुवै पक्ष सहमत भएका बुँदाहरू ः

१. नेपाल सद्भावना पार्टीद्वारा राखिएका माग र समस्याहरूको संवेदनशिलताप्रति श्री ५ को सरकारको ध्यान आकृष्ट भएको छ ।

२. नेपाल सद्भावना पार्टीद्वारा राखिएका मागहरूमध्ये मुलुकको संविधानसम्मत मागहरू क्रमिक रूपबाट समाधान गर्नका लागि दुवै पक्षबीच वार्ता गर्ने ।

३. खण्ड (२) बमोजिमको वार्ताको लागि एक हप्ताभित्रै दुवै पक्ष सम्मिलित वार्ता टोली गठन गर्ने ।

४. श्री ५ को सरकारबाट भएको आग्रहलाई स्वीकार गर्दै नेपाल सद्भावना पार्टीका नेताहरूद्वारा २०५०÷०८÷२७ देखि सुरु गरिएको अनसन र अन्य विरोध कार्यक्रम आजैदेखि फिर्ता लिने ।

श्री ५ को सरकारको तर्फबाट १. मा. मन्त्री श्री शेरबहादुर देउवा

२. मा. राज्यमन्त्री श्री महेश आचार्य

३. माननीय श्री अर्जुननरसिंह के.सी., सदस्य प्रतिनिधि सभा ।

नेपाल सद्भावना पार्टीको तर्फबाट

१. माननीय श्री हृदयेश त्रिपाठी, सदस्य प्रतिनिधि सभा एवं महामन्त्री, नेपाल सद्भावना पार्टी ।

२. श्री राजेन्द्र महतो, प्रवक्ता, नेपाल सद्भावना पार्टी ।

३. श्री गौरीशंकर मोहपाल, संयुक्त महामन्त्री, नेपाल सद्भावना पार्टी ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ