जनकपुरधाम, २८ माघ । प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेश प्रमुख तिलक परियारले प्रमाणिकरण गरेका छन् ।
जनकपुरधाम, २८ माघ । एसिड आक्रमणबाट पीडित जनकपुरधामकी आरती साहलाई प्रदेश सरकारले जागिर दिने भएको छ ।
सप्तरी, २८ माघ । जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं २ मा बनेको दलित वस्तीका घर उद्घाटन गरिएको छ ।
पर्सा, २८ माघ । भन्सार छली ल्याउँदै गरेको करिब ११ लाख ४८ हजार ९ सय २० रुपैयाँ बराबरको लत्ताकपडा, खाद्यान्न र हार्डवेयर लगायतका सामानहरु बरामद गरेको छ ।
सुनसरी, २८ माघ । बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जर चोकस्थित सडकमा प्रदेश १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री सोही नगरपालिका–४ पिडारी बस्ने ३९ वर्षीय महेन्द्र साहको मृत्यु भएको छ ।
सिरहा, २८ माघ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कर्जन्हा नगरपालिका–११ बगाहा बस्ने ३७ वर्षीय गुनेश्वर सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, २८ माघ । धनगढी उपमहानगरपालिका–१३ मोहनपुर बस्ने ३२ वर्षीया मिना ऐरलाई ३ सय ग्राम अवैध लागूऔषध चरेश र ३४ ग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बाँके, २८ माघ । नेपालगंज उपमहानगरपालिका–१५ माछामण्डीबाट ६ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र नगद ८ हजारसहित एक युवक पक्राउ परेका छन् ।
सर्लाही, २७ माघ । अन्नपूर्ण चिनी उद्योगका मालिक (सञ्चालक) राकेश अग्रवालमाथि अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थप गरेको छ ।
नयाँदिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको छ ।
रौतहट, २७ माघ । नेपाल सरकारले निर्णय गरेर नेपाल–भारत सिमानाका खोल्ने निर्णय गरिसकेको भए पनि भारतीय पक्षको अवरोध कायमै रहेको कारण आवागमन सहज हुन नसकेपछि गौर नगरपालिकाले नाका खुलाउन महावाणिज्यदूतलाई आग्रह गरेको छ ।
काठमाडौं, २७ माघ । सरकारले आगामी वैशाख १७ र २७ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला छुट्याएको छ ।
वीरगन्ज, २७ माघ । वीरगंज महानगरपालिका श्रीसिया काफला पर्सा नेपाल संघले भारतको बाबाधाम लगायत विभिन्न तिर्थ स्थलहरुमा प्रत्येक वर्ष जाने गरिन्थ्यो ।
काठमाडौं, २७ माघ । तीनदिने भारत भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले भारतका पूर्वप्रधानमन्त्री एच.डी. देवगौडासँग भेटवार्ता गरेका छन् ।
वीरगन्ज, २७ माघ । स्थानीय तहका पदाधिकारीहरुसँग मुस्लिम समुदायको हकहितको संरक्षण सम्बर्द्धनका लागि सशक्तिकरण विषयक अन्तरक्रिया तथा मुस्लिम अगुवा भेला कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं, २६ माघ । जनमत पार्टीका नेता डा.विनय पञ्जियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईसँग भेट गरेका छन् ।
बारा, २६ माघ । बाराको महागढीमाई नगरपालिका १ का बैजनाथ कुशवाहाकी श्रीमती ४८ वर्षीया कान्ति देवीको आइतबार राति आफ्नै घरमा हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।
काठमाडौं, २६ माघ । सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ ।औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालन हुने गरीको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।
काठमाडौं, २६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट नै सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
काठमाडौं, २६ माघ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भारत सरकारलाई सम्भव भएसम्म कोरोनाविरुद्धको खोपको अनुदान कोटा थप बढाइदिन आफूले भारत सरकारका प्रतिनिधिसँग आग्रह गरेको बताएका छन् ।
वीरगन्ज, २६ माघ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचन जे भएपनि कांग्रेसलाई मान्य हुने बताएका छन् ।
झापा, २६ माघ । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो ।
काठमाडौं, २६ माघ । सरकारले यौनजन्य हिंसा नियन्त्रणलाई प्राथमिकता नदिँदा बलात्कारपछि हत्याका घट्ना बढेको जनता समाजवादी पार्टी नेपालले निष्कर्ष निकालेको छ ।
सप्तरी, २६ माघ । सशस्त्र प्रहरीले सप्तरीबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको लागूऔषध तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित खाँडो खोला