1/28/2021

वीरगञ्ज, १५ माघ । नेपाली काँग्रेसले ‘गरीखाने अभियान’ सुरु गरेको छ । वीरगञ्जमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभियान बारे जानकारी दिइएको हो ।

1/28/2021

बारा, १५ माघ । बाराको निजगढ नगरपालिकाका अशक्त र अपाङ्गलाई कम्बल वितरण गरिएको छ ।

1/28/2021

नेपालगञ्ज, १५ माघ । जसपाका अध्यक्ष उपेन्द्र यादवले ओली सरकारले चालेको प्रतिगमनकारी कदमविरुद्ध मोर्चा बनाएर अघि बढ्नु पर्ने बताएका छन् ।

1/28/2021

काठमाडौं, १५ माघ । सामाजिक, आर्थिक, शैक्षिक तथा जन जिविकासंग सम्बन्धित विभिन्न ५२ बुँदे माग राखेर नेपाल जनवादी पार्टीका नेता तथा कार्यकर्ता तीन सातादेखि अस्पतालमै आमरण अनशनमा बसेका छन् ।

1/28/2021

काठमाडौं, १५ माघ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले विश्वको दोस्रो उच्च शिखर केटु आरोहक नेपाली टोलीलाई बधाई दिएका छन् ।

1/28/2021

जनकपुरधाम, १५ माघ । प्रदेश २ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ध्रुवनारायण यादवलाई मन्त्रालयको विशेषज्ञ सल्लाहकारमा नियुक्त गरेको छ ।

1/28/2021

सप्तरी, १५ माघ । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

1/28/2021

काठमाडौं, १५ माघ । उखु किसानको लाखौं रुपैयाँ भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् ।

1/28/2021

जनकपुरधाम, १५ माघ । धनुषामा मदिरा उद्योग सञ्चालकको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको हो ।

1/28/2021

काठमाडौं, १५ माघ । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् ।

1/28/2021

सिरहा, १५ माघ । सीमानाका लामो समयदेखि नखुल्दा भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाका स्थानीयवासी चोरबाटो प्रयोग गर्न थालेका छन् ।

1/27/2021

राजविराज, १४ माघ । सप्तरीमा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट कोरोना खोप सुरुवात भएको छ ।

1/27/2021

जनकपुरधाम, १४ माघ । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् ।

1/27/2021

विराटनगर, १४ माघ । नेकपाका प्रदेश १ का इन्चार्ज भीम आचार्यले प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्ताव पारित हुने दाबी गरेका छन् ।

1/27/2021

धनगढी, १४ माघ । कैलालीमा मतदान केन्द्रहरु हेरफेर भएको छ । कैलाली जिल्ला निर्वाचन समितिको बैठकले चार वटा मतदान केन्द्र थप गरेको छ ।

1/27/2021

जनकपुरधाम, १४ माघ । यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

1/27/2021

काठमाडौं, १४ माघ । राष्ट्रिय एकता अभियानले काठमाडौंस्थित पाकिस्तानको दूतावास अगाडि प्रदर्शन गरेको छ ।

1/27/2021

सप्तरी, १४ माघ । कोरोनाविरुद्धको खोप नेपालभरि एकैसाथ शुरुवात भएको छ । यसै सिलसिलामा प्रदेश नं. २ भरि एकैसाथ शुरुवात भएको छ ।

1/27/2021

काठमाडौं, १४ माघ । रासायनिक मल अभाव हटाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतसँग पाँच वर्षका लागि जीटूजी (सरकार–सरकार) सम्झौता गर्ने तयारी गरेको छ ।

1/27/2021

वीरगन्ज, १४ माघ । पर्सामा १२ हजार ४ सय मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि १२ हजार ४ सय मतदाता थपिएका हुन् ।

1/27/2021

काठमाडौं, १४ माघ । राष्ट्रिय अभियान नेपालले नेपाल–चीन सीमा स्तम्भहरुको जीपीएस कोर्डिनेट तथा सुपरिवेक्षणको प्रतिवेदन सार्वजनिकको माग गर्दै नापी विभागको आगाडी धर्ना शुरु गरेको छ ।

1/27/2021

काठमाडौं, १४ माघ । नेपाल प्रहरी अस्पताल महाराजगंजमा कोभिड–१९ खोप केन्द्र शुभारम्भ भएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले बुधबार खोप लगाएर उक्त केन्द्रको शुभारम्भ गरेकी हुन् ।

1/27/2021

काठमाडौं, १४ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले शान्तिपूर्ण प्रर्दशनमा भएको प्रहरी दमनको भर्त्सना गरेको छ ।

1/27/2021

काठमाडौं, १४ माघ । आजबाट देशव्यापीरुपमा शुभारम्भ भएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नेपालमा बस्ने हरेक नेपाली नागरिकले निःशुल्क प्राप्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।

1/27/2021

काठमाडौं, १४ माघ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोपको आजदेखि देशव्यापीरुपमा प्रयोग शुरु भएको छ । गत साता छिमेकी मित्रराष्ट्र भारतले अनुदानस्वरुप नेपाललाई दश लाख डोज खोप उपलब्ध गराएको थियो ।

ट्रेन्डिङ